साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि अधुरै

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि अधुरै

काठमाडौँ-साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ।

पाँचौ सफको उपाधि पनि भारतले नै कब्जा गरेको हो। यो सँगै नेपाल भारतसँग सफको फाइनलमा पुगेर चौथो पटक पराजित भएको छ।

नेपाल साफका सबै संस्करणमा भारतसँगै पराजित भएको छ। पाँच मध्ये चार संस्करणमा फाइनल खेलेको नेपालको साफ जित्दै इतिहास रच्ने मौका फेरि पनि गुमाउन पुग्यो।

विराटनगरको शहीद रंगशालामा शुक्रबार भारतले ३–१ गोलले नेपाललाई निराश बनायो। खेलको पहिलो हाफ बराबरी भएपनि दोश्रो हाफमा भारतले दुई गोल थप्यो। खेलको सुरुवातमा नेपालले दबाब कायम गरेपनि २६ औं मिनेटमा पछि परेको थियो।

तर पछि परेको नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। तर दोश्रो हाफमा भारत हाबी भयो। नेपालको पोष्टमा निरन्तर प्रहार गर्दै दवाब बढायो।

६२ औं मिनेटमा ग्रेस डाङमाले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन्। ७७ औं मिनेटमा भारतले शग्रता बढायो। भारतका लागि अन्जु तामाङले गोल गर्दै ऐतिहासिक सफलतातर्फ डोहोर्‍याइन्। त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र भारत ३–१ गोलले विजयी भयो।

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij