बाँके : प्रदेश ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ।
प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए। उनका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन। नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ।
बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताए।
उनले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिए। कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ।
ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ। एक-दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उनले बताए।
तयारी तीव्र चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्जमा तयारीलाई तीव्र पारिएको छ। प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माणकार्य धमाधम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष ओलीले जानकारी दिए।
नेपालगञ्ज रङ्गशालामा अहिले विशिष्ट पाहुना बस्ने प्याराफिट जडानको तयारी भइरहेको छ। चीनबाट भारतको कोलकता बन्दरगाह हुँदै आएको पाँच मालबाहक गाडी नेपालगञ्ज भन्सार आइपुगेकाले अब छिट्टै जडानकार्य शुरु हुने अध्यक्ष वलीले जानकारी दिए।
विशिष्ट अतिथि प्याराफिटको सामान नआउँदा आठौँ राष्ट्रिय खेलकूदको औपचारिक मिति तोक्न ढिलाइ भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताउँदै आएका छन।
प्रकाशित मिति : शनिबार, चैत्र ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्