बुटवल-रुपन्देहीको सैनामैना स्थित एक होटलबाट भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका,१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका, २ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका,७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका,१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपि ह्दय थापाले जानकारी दिए । यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्