डेंगु ज्वरोबाट बच्न आफै सुरक्षित बनौं, यस्ता छन् बच्ने उपाय


बुधबार, भदौ १८, २०७६

डेंगु ज्वरोबाट बच्न आफै सुरक्षित बनौं, यस्ता छन् बच्ने उपाय
डेंगु एक प्रकारको ज्वरो हो । डेंगु भाईरससहितको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यो लामखुट्टे सफा, सङ्लो र हलचल नगर्ने पानीमा अण्डा पार्न रुचाउँछ । पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, फुलदानी, गमला, पानीका ट्यांकी, फ्रिजको पछाडि जम्मा हुने पानीमा यसले अण्डा पार्छ । चिकित्सकहरुका अनुसार यो लामखुट्टे कालो रंगको हुन्छ र शरीरमा सेता थोप्ला देखिन्छन् । यसले बढी गरेर दिउसोमा टोक्छ । डेंगु क्लासिक, हेमोरेजिक र साक सिन्ड्रोम गरी ३ प्रकारका हुन्छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो र यो सामान्य हेरचाहबाटै निको हुन्छ । तर हेमोरेजिक र साक सिन्ड्रोम भएमा समयमै उपचार नगरे यसको संक्रमण बढ्दै गएर मृत्यु हुनसक्छ ।

के हो डेंगु ?
डेंगु एक प्रकारको ज्वरो हो । डेंगु भाईरससहितको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यो लामखुट्टे सफा, सङ्लो र हलचल नगर्ने पानीमा अण्डा पार्न रुचाउँछ । पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, फुलदानी, गमला, पानीका ट्यांकी, फ्रिजको पछाडि जम्मा हुने पानीमा यसले अण्डा पार्छ ।

चिकित्सकहरुका अनुसार यो लामखुट्टे कालो रंगको हुन्छ र शरीरमा सेता थोप्ला देखिन्छन् । यसले बढी गरेर दिउसोमा टोक्छ । डेंगु क्लासिक, हेमोरेजिक र साक सिन्ड्रोम गरी ३ प्रकारका हुन्छन् ।

क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो र यो सामान्य हेरचाहबाटै निको हुन्छ । तर हेमोरेजिक र साक सिन्ड्रोम भएमा समयमै उपचार नगरे यसको संक्रमण बढ्दै गएर मृत्यु हुनसक्छ ।

लक्षण के हुन् ?
डेंगु संक्रमित लामखुट्टेले टोकेपछि एक्कासी उच्च ज्वरो आउँछ । ज्वरो ५–७ दिनसम्म रहन्छ । बिरामीको आँखाको गेडी र आँखाको पछिल्लो भाग दुख्छ । असाध्यै टाउको दुख्छ र ढाड, जोर्नी र मांसपेशीहरु दुख्छन् । शरीरमा बिमिरा आउँछन् ।

बिरामीमा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा रगत जमेको जस्तो दाग देखिने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षणहरु देखिएपछि स्वास्थ्यसंस्थामा जानुपर्छ र चिकित्सकसँग परामर्श लिनुपर्छ । रगत परीक्षण गराएर डेंगु भएनभएको यकीन गर्नुपर्छ ।

उपचार के ?
डेंगु ज्वरो आएपछि यसको एउटै उपचार भने छैन । यसको कुनै खास खोप र उपचार छैन । त्यसैले यसका लक्षणहरु हेरेर तिनको निदानका लागि उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ । तर एस्पिरिन र आइब्रुप्रोफेन खान नहुने चिकित्सक बताउँछन् । प्रशस्त झोलिलो पदार्थ खानुपर्छ ।

कसरी बच्ने ?
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको संख्या वृद्धि हुन रोक्नुपर्छ । आफ्नै घरमा पानी जम्ने ठाउँ भएमा हटाउनुपर्छ । पानी जम्ने ठाउँहरु फ्रिजको पछाडिको पानी, कुलरको पानी, गमलाको पानी, फुलदानीको पानी नियमित रुपमा फाल्नुपर्छ/फेरिरहनुपर्छ ।

खाली बट्टा, खाली ड्रमहरु, गाडीका काम नलाग्ने, पानी जम्ने खालका टायरहरुमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी छोप्नुपर्छ ।
दिउँसोमा लामो बाहुला भएको र शरीर ढाकिने कपडा लगाउनुपर्छ । दिउसो वा रातीमा सुत्दा झुल लगाएर मात्रै सुत्नुपर्छ । झ्याल र ढोकामा लामखुट्टे छिर्न नसक्ने खालका जाली लगाउनुपर्छ ।

बालबालिका र वृद्धवृद्धालाई विशेष ख्याल गर्नुपर्छ, लामखुट्टे भगाउने मल्हम पनि लगाउन सकिन्छ । व्यक्ति, परिवार, समुदायले नै लामखुट्टे नियन्त्रणका लागि घरनजिकका खाल्डा, पानी जम्ने ठाउँहरु हटाउनुपर्छ, पुर्नुपर्छ ।

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६ , ३:२७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology