काठमाडौं ।
इङ्ल्यान्ड युरोकप छनोटमा छनोट भएको छ । हिजो राति भएको समूह चरणको अन्तिम खेलमा कोसोभोमाथि ४–० गोलको प्रभावशाली जित निकाल्दै इङ्ल्यान्डले युरोकपमा स्थान बनाएको हो । इङ्ल्यान्डको जितमा ह्यारी विङ्स, कप्तान ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे ।
एकपक्षीय खेलमा इङ्ल्यान्डले ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट अग्रता लिएको थियो । इङ्ल्यान्डले तीन गोल दोस्रो हाफमा थपेको थियो । ७९औं मिनेटमा ह्यारी केनले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । मार्कुस रासफोर्डले ८३औं मिनेटमा र मासन माउन्टले इन्जुरी समयमा गोलगर्दै इङ्ल्यान्डलाई सानदार जित दिलाए ।
जितसँगै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले आठ खेलबाट २१ अंक बनायो । यस समूहबाट चेक रिपब्लिक दोस्रो भयो । आइतबार रातिनै भएको खेलमा चेक बुल्गेरियासँग १÷० गोलले पराजित भएको थियो । हारेपनि दोस्रो स्थानमा रहेको चेक रिपब्लिकले १५ अंक बनाएको छ । ६ अंक बनाएको बुल्गेरिया चौथो स्थानमा रह्यो । ११ अंक बनाएको कोसोभो तेस्रो र तीन अंकमा सिमित मोन्टेनेग्रो अन्तिम स्थानमा रह्यो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्