JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी स्पोर्ट्स क्लबद्धारा ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्ने

लुम्बिनी स्पोर्ट्स क्लबद्धारा ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्ने

बुटवल, ।
लुम्बिनी स्पोर्ट्स क्लबले ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘हाम्रो देश र हाम्रो प्रदेशको शान्ति र समृद्धिका लागि, हामी संगैं छौं’ भन्ने मूल अभियानका साथ ‘पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याड्मिन्टन्’ प्रतियोगिताको आयोजना गरिएको आज बुटवलमा एक कार्यक्रम गरि जानकारी गराएको हो ।
प्रतियोगितामा स्थानिय तथा राष्ट्रिय ब्याड्मिन्टन् खेलाडिहरु समेतगरि करिब ३५ टिम सहभागी हुने निस्चित भइसकेको क्लबका अध्यक्ष प्रत बहादुर पुनले जानकारी दिनुभयो । सरकारले ‘भिजिट नेपाल २०२०’ र ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ मनाइरहेको सन्दर्भमा खेलकुद्को माध्यमबाट आन्तरिक प¥यटनमा समेत टेवा पुग्ने विश्वासका साथ खेल आयोजना गर्न लागिएको क्लबका सल्लाहकार राजेन्द्र गुरुङले बताउनुभयो ।
आगामी मंसिर ७ गते शनिबार तिलोत्तमा–१४ सुपौलीस्थित आफ्नै खेलमैदानमा आयोजना हुने प्रतियोगिताको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालमगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पुरुष डबलतर्फ प्रथम, द्वित्तिय र तृतिय हुनेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद सहित टफ्रि, मेडल र प्रमाण–पत्र पाउने छन् । भेट्रानतर्फ विजेता र उपविजेता टिमले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार सहित टफ्रि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । खुल्लातर्फ प्रवेश शुल्क दुई हजार पाँच सय र भेट्रानतर्फ एक हजार पाँच सय रुपैयाँ राखिएको छ ।
प्रतियोगिता आयोजना गर्नकालागि करिब पाँचदेखि सातलाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा कोषाध्यक्ष महेश रानाले जानकारी दिनुभयो । रानाका अनुुसार प्रतियोगिता सम्पन्न गर्नका लागि सम्पूर्ण खर्च क्लबले आफ्नै आन्तरिक श्रोत र केहि व्यवसायिक प्रतिष्ठानहरुको प्रायोजनहरु मार्फत गर्दै आइरहेको छ । सहयोगका लागि स्थानिय निकायहरुबाट आश्वासन आएको पनि उहाले बताउनुभयो प्रतियोगिताले स्थानिय स्तरमा खेल क्षेत्रको विकास मात्र नभई, नव खेलाडी उत्पादन, स्वास्थ प्रवद्र्धन, प¥यटन् प्रवद्र्धन, सामाजिक र राष्ट्रिय दायित्वप्रति पनि जिम्मेवारी बोध गराउने विश्वास गर्दै साझा प्रयासमा देश, प्रदेश र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने विश्वास समेत लिएको छ ।
वि.स. २०७२ सालमा स्थापना भएको लुम्बिनी स्पोटर््स क्लबले ब्याड्मिन्टन खेललाई संस्थागत गर्नका लागि प्रदेश सरकार, तिलोत्तमा नगरपालिका र व्यवसायिक प्रतिष्ठानहरुको सहयोगमा करिब एक करोड ७० लाखमा ब्याड्मिन्टन कभर्ड हल निर्माण प्रक्रियालाई अगाडि बढाएको छ । विशेष गुरु योजनाका साथ कभर्डहलसंगै मिनि गार्डेन, बहुउद्देश्यीय पुस्तकालय, जिम हल, कन्फ्रेन्स हल लगायत क्लब लोगो पिल्लर बनाउने योजना सहित क्लबले काम गरिरहेको क्लबका कमल थापाले जानकारी दिनुभयो ।‘खेल खेलौं, स्वस्थ रहौं र राष्ट्रलाई चिनाऔं’ भन्ने मूल भावनाकासाथ क्लबले अर्थपूर्ण सहभागिता सहित खेल प्रवद्र्धनका लागि प्रतियोगितामा खेलाडि, खेलप्रेमी लगायतलाई सहयोगका लागि अपिल समेत गरेको छ । कार्यक्रम क्लबका सचिव विष्णु दगामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij