राजपा संयोजकमा आजदेखि राजेन्द्र महतो

राजपा संयोजकमा आजदेखि राजेन्द्र महतो

काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालको नेतृत्व आजदेखि राजेन्द्र महतोले सम्हाल्ने हुनुभएको छ । राजपा अध्यक्ष मण्डलको हिजोको बैठकले आजबाट अध्यक्ष मण्डलको संयोजकको जिम्मेबारी महतोलाई दिने निर्णय गरेको छ ।

बैठकले आजदेखि लागू हुने गरी महतोले संयोजकको जिम्मेबारी सम्हाल्ने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । जिल्लाहरुमा विभिन्न तदर्थ समिति गठनका लागि २० दिनको म्याद थप पनि गरेको छ ।

बैठकले जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुलाई मंसिर २५ गतेसम्म तदर्थ समितिको सम्पूर्ण काम सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।
राजपाले उनीहरुलाई मंसिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा प्रतिवेदनसहित उपस्थित हुन पनि भनेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij