बुटवल ।
बुटवल उपमहानगरपालिका वडा न ११ नहरपुरमा रहेको नहरपुर मावीले आफ्नो स्वर्णमहोत्सव मनाउने भएको छ । २०२७ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुरा भएको अवसरमा स्वर्णमहोत्सव मनाउने तयारी गरेको हो ।
विद्यालयल आज पत्रकार सम्मेलन गरि स्वर्णमहोत्सवका अवसरमा गरिने साता व्यापाी कार्यक्रमका विषयमा जानकारी गराएको हो । मंसिर १९ गतेवाट आयोजना हुने विभिन्न कार्यक्रमहरु गरि मंसिर २७ गते मुल समारोहको आयोजना गरिएको जनाएको छ । महोत्सवको प्रतिनिधि सभाका सदस्य विष्णु पौडेलले उद्घाटन गर्ने पनि जनाइृएको छ । पुर्वाधार निमार्णका क्रममा रहेको विद्यालयले नेपाली मिडियमलाइृ प्रथमिकता दिएर कक्षा संचालन गरेको विद्यालयका प्रचार्य धनिश्वर गौतमले जानकराी दिनु भयो । उहांले कक्षा १ देखि कक्षा १२ सम्म झण्डै १२ सय विद्याथीृहरुले पढन पाढन गरेका जानकारी दिनु भयो ।
सो अवसरमा प्रचार प्रसार उप समितिका संयोजक क्रषि आजाद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोर प्रसाद शर्मा लगायतले ब ोलेका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्