गुल्मी । गुल्मी चेम्बर अफ कमर्सको नयाँ नेतृत्व चयन भएको छ । कमर्सको प्रथम अधिवेशनले युवराज न्यौपानेको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसकोे बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्ष, रेमलाल पाण्डेय र शुसिला पुन, महासचिव कृष्ण प्रसाद भण्डारी, सचिव राम प्रसाद पन्थी, हरिलाल न्यौपाने र खड्ग प्रसाद श्रेष्ठ, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा, सहकोषाध्यक्ष रामु सुनार, यज्ञ पन्थी र मोति श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा खिमालाल पाण्डे, लालमणी आचार्य, देविराम खनाल, प्रेम घिमिरे, युवराज पाण्डे, सीता केसी, मिठु बोहोरा, सीता विक, रेमलाल बस्याल, सूर्य घिमिरे, लक्ष्मण फुल्देल, खुसदिन अली, महेश काउछारहनुभएको छ ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले गनुइभएको थियो । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले सरकारले उद्योग फष्ट्याउने गरी औद्योगिक नीति लिन नसकेको भन्दै उद्योगको दर्ता तथा विदेशी लगानीको दर्ता पनि घट्दै गईरहेकाले नीजि क्षेत्र खुसी भएर अगाडि बढ्ने अवस्था नरहेको बताउनुभयो । रेमिट्यान्सले मात्र नभई स्वदेशी उत्पादनलाई बढाएर लैजान पनि व्यवसायीहरुलाई कृषिमा लगानी गर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले जिल्लालाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । प्रदेश पाँचका सांसद दिनेश पन्थीले सरकार र नीजि क्षेत्र मिलेर समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौराले नीजि क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराए मालिक र श्रमिक बीचको संम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले चेम्बर अफ कमर्ससँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुल्मी चेम्बर अफ कमर्स २०७५ माघ ७ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्