सुनवल ।
पश्चिम नवलपरासीको भूमहीबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।सुनवल १२ भुमहीमा ग १ च ७८२५ नम्बरको टाटा सफारी जिपमा चेक जाँचको क्रममा लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।पक्राउ पर्नेमा तनहूँ जिल्लाको भानु नगरपालिका १ का १९ बर्षीय गोपाल परियार र बन्दीपुर गाउँपालिका ४ का २० बर्षीय संगम थापा रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले डाईजापाम, नोफिन र प्रोमिठाजाईम १२४र१२४ एम्पुल बरामद गरेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्