काठमाडौं ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा पराजित गरेको नेपालले दोस्रो खेलमा भारतसँग खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो३ बजे बाट सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा भारतलाई हराए सिधै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
आजको खेलमा नेपाली टोलीले भारतलाई हराउन सके स्वर्ण जित्ने सम्भावना बलियो हुनेछ । किनभने प्रतियोगितामा सबै भन्दा बलियो टोली भारत हो । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको नेपाल भारतलाई पराजित गर्दै प्रतियोगितामा बलियो दावेदारी देखाउने पक्षमा हुनेछ । यता बलियो टोली भारत नेपाललाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्ने योजनामा हुनेछ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्