JanataToday.com

Advertisment

SKIP THIS

दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित

दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाण्डौ
दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल दोस्रो खेलमा भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो । पराजयपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बाँकी नै छ ।
समूहको अन्तिम खेलमा भारत र बंगलादेश खेल्नेछन् । बलियो टिम भारतले बंगलादेशलाई हराएमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । प्रतिस्पर्धात्मक सेटमा नेपाल २४–२६ ले पराजित भयो । दोस्रो सेटमा भारतविरुद्ध निकै कमजोर देखिएको नेपाल २५–१२ ले पराजित भयो । त्यसपछि नेपाललले केही सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । अन्तिम सेटमा नेपाल २५–१६ ले पराजित भयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij