JanataToday.com

Advertisment

SKIP THIS

भारतमा हुन लागेकोनेत्रहिन क्रिकेट प्रतियोगीतामा जान लागेका नेपालका खेलाडीहरुको विदाई

भारतमा हुन लागेकोनेत्रहिन क्रिकेट प्रतियोगीतामा जान लागेका नेपालका खेलाडीहरुको विदाई

बुटवल ।
भारतमा सञ्चालन हुन लागेको मैत्रीपुर्ण नेत्रहिन क्रिकेट प्रतियोगीतामा नेपालबाट जान लागेका खेलाडीहरुको विदाई गरिएको छ । नेपाल नेत्रहिन क्रिकेट संघ र लुम्बिनी नेत्रहिन क्रिकेट संघको आयोजना आज बुटवलमा विदाई तथा सफलताको शुभकामना प्रदान गरिएको हो ।नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष अमृत बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले खेलाडीहरुलाई अविर र माला लगाएर विदाई गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री बरालले अपाङ्गता भनेको एउटा विशिष्ठ क्षमता भएको बताउनुभएको थियो ।
उहाले सबैको साथ र सहयोग पाएमा अपाङ्गता भएका व्याक्ति तथा खेलाडीहरुले विश्वमा नै नेपालीहरुको नाम उच्चराख्न सक्ने धारणा राख्नुभयो ।यहि डिसेम्बर २ देखि ९ गते सम्म ५ दिन टि २० र २ दिन वान डे दृष्टिविहिन क्रिकेट प्रतियोगीता खेल्नको लागि १५ जना खेलाडी र ५ जना अफिसियल गरी नेपालबाट कुल २० जनाको समुह भारत प्रस्थान गर्न लागेको हो ।लुम्बिनी दृष्टिविहिन क्रिकेट संघका अध्यक्ष निर्मल पौडेलले मौदान अभाव, खेल प्रशिक्षणको अभाव लगायतका विविध अभावको विचमा खेलाडीहरुले एउटा नमुना प्रर्दशन गर्ने र अन्य प्रतिष्पार्धाहरु जस्तै यो प्रतियोगीता समेत जितेर आउने बताउनुभयो ।क्याप्टेन रमेश बाँनिया, म्यानेजर टुमर उप्रेती सहित राम प्रसाद पौडेल, खेमराज सापकोटा, शंकर रेग्मी, सुरेन्द्र तामाङ्ग, रमेश वानिया, भरत चौलागाई, मनोज भट्ट, राधेश्याम चौधरी, हेम राज बैज, हेम खत्री, सुर्य प्रसाद भट्राई, शुनिल राना मागर, सन्त कोहरी, बुद्धिचौलागाई खेलाडीहरु टिममा सहभागी रहेका छन् । यस्तै उप कप्तान सुर्य भट्राई रहनुभएको छ भने कोचमा नरेन्द्र निरौला, व्यवस्थापकमा उपेन्द्र श्रेष्ठ रहनुभएको छ

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij