JanataToday.com

Advertisment

SKIP THIS

विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदै

विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदै

जनकपुर ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ।त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।
सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ ।
राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।यहि प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् ।
आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साईत देखाउन पर्दैन किनभने आज पौराणीक रुपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसंगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij