बुटवल
नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ को प्रथम अधिवशेनबाट अध्यक्षमा प्रदिप घर्तीमगरलाई चयन गरिएको छ । संघको शनिबार बुटवलमा भएको अधिवेशनबाट घर्तीमगर अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा सिजन राना मगर (गुल्मी), दुई भाषिक उपाध्यक्षमा चित्र रोका मगर (प्युठान) र कमल थापा मगर (रुपन्देही), सचिब प्रेम रोका मगर (बर्दिया), सह–सचिब दिपक दर्लामी मगर (रुपन्देही) र कोषाध्यक्षमा शुमन थापा मगर (कपिलबस्तु) चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा ओम चर्ती मगर (प्युठान), सुमित्रा राना मगर (बाँके), शर्मिला पुन मगर (कपिलवस्तु), राधिका थापा मगर (बर्दिया), तिलक राना मगर (गुल्मी) र राजेश थापा मगर रहनुभएको छ ।
बाँकी रहेका अन्य सदस्यहरु पछि थप गरिने निर्वाचन समितिका संयोजक इन्द्र सारुले जानकारी दिनुभयो ।नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिव दीपु मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापाको प्रमूख आतिथ्यतामा भएको अधिवेशनमा बोल्ने वक्ताहरुले आम विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप पूर्णत जीवनसंग मेल खानुपर्ने कुरामा जोड दिनुभयो ।स्थानिय स्तरमा निर्माण गर्न लागिरहेका पाठ्यक्रमहरु नेपालको हरेक विविधता र मोलिकतासंग मेल खाने हुनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देही अध्यक्ष इन्द्र राई, नेपाल मगर बिद्यार्थी संघ निवर्तमान केन्द्रिय संगठन सचिब तेजु राना मगर, नेपाल मगर संघ रुपन्देही सह–सचिब बिनोद थापा, नेपाल मगर भूतपूर्ब सैनिक संघ प्रदेश ५ का कोषाध्यक्ष लुम ब थापा, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय सदस्यहरु गिरि बैजाली, कुशुम थापा, हर्क घर्ती, सरु थापा, रबि चौहान, मनिष फालमगर लगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्