बुटवल ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ नयाँगाउँमा मोटरसाइकल दुर्घटनागय राती सवारी दुघर्टना हुदा घटनास्थलमै २ जनाको मृत्यू भएको छ। दुर्घटनामा परी सैनामैना ६ निवासी दुई युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवल ले जानकारी जनाएको छ ।
सडकको साइडमा रोकि राखेको भे १ बु १४४८ नम्बरको ट्रिप्परमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय बुटवल ले जानकारी दिएको हो।
मृत्यू हुनेमा सैनामैना वडा न.६ बस्ने वर्ष २९ का नविन कंडेल, सोही ठाउँ बस्ने बर्ष ३१का दिपक पन्थ रहेका प्रहरीले जनाएको छ । रातिको समयमा तिव्र गतिका कारण मोटरसाइकल ठोक्किन पुुगेको प्रहरीका प्रारम्भीक अनुमान रहेको छ ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको छ भने दुवैे साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्