तिलोत्तमा
तिलोत्तमाको कोटिहवामा आयोजित कार्यक्रमका बत्ताले प्राबिधिक शिक्षामा जोड दिएका छन् ।
रुपन्देहीको तिलोत्तमा कोटिहवामा रहेको पशुपति कलेजको १४ औ साधारण सभा तथा अभिभावक दिवसमा बोल्ने बत्ताहरुले प्राबिधिक शिक्षामा जोड दिएका हुन् ।
प्राबिधिक शिक्षाले मात्र मुलुकको बिकास र समृद्धि सम्भव भएको उल्लेख गर्दै बत्ताहरुले सरकारले प्राबिधिक शिक्षाको कोटा बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल बिश्वकर्माले कलेजको बिकासका लागि आबश्यक सहयोग गर्ने बताउनुभयो । उहाले कलेजको बिकासका लागि गुरुयोजना बनाउन आग्रह गर्दै प्राबिधिक शिक्षाका लागि सरकारसंग आफुले पहल गर्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले प्रदेश सरकारले पनि आबश्यक सहयोग गर्ने बताउनुभयो । उहाले भन्नुभयो गुरुयोजना निर्माण गरेर आउनुस, सरकारले आबश्यक सहयोग गर्छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज बिश्वकर्मा, तिलोत्तमा वडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसाल, कलेजका प्रार्चाय जयलाल शर्मा बस्याल, पशुपति माविका प्रार्चाय बेदनारायण भट्टराई, राममणि बहुमुखि क्याम्पसका प्रार्चाय मोहनराज शर्मा, कलेज सभा सदस्य लेखनाथ पाण्डे, कृष्ण घिमिरे, सल्लाहकार कृष्ण प्रसाद शर्मा लगाएतले बोल्दै पशुपति कलेजलाई यस क्षेत्रको उत्कृष्ट कलेजको रुपमा बिकास गर्नु पर्नेमा जोड दिनुभयो ।
कजेज व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षता, नारायण प्रसाद ज्ञवालीको सञ्चालन तथा लेखनाथ पाण्डेको स्वागतमा सम्पन्न भएके थियो ।
सो अबसरमा बिद्यार्थीहरुले बिभिन्न किसिमका नृत्य तथा गीत प्रस्तुत गरेका थिए । साथै बिद्यालयले बार्षिक कार्यक्रम अनुसार गरेको हाजिर जवाफ, खेलकुद लगाएतका प्रतियोगितामा प्रथम, द्धतिय तथा तृत्य बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्