JanataToday.com

Advertisment

SKIP THIS

पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल ।
नेपाल सरकार, स्वाथ्य तथा जनसंख्या मन्त्रालय,स्वाथ्य सेवा विभाग, परिवार कल्याण महाशाखद्धारा आज बुटललमा पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्वाथ्यको विषय अन्य भन्दा जटिल र संवेनशिल भएको भन्दै यसमा सबैको साथ, सहकार्य आवश्यक भएको बताउनुभयो ।सबै माझ खोपको बारेमा स्पष्ट बुझाउनु पर्ने बताउनुभएको छ ।
उहाले जनस्वास्थ्य जस्तो गम्भिर र महत्वपूर्ण अवस्थाको विषयमा उचित समयमा उचित किसीमको सचेतना नहुँदा अझै पनि खोप लगायतका विभिन्न कार्यक्रमहरु प्रभावित हुने गरेको बताउनुभयो ।कार्यक्रममा सामाजिक विकास समितिका सभापती दिर्घनारायण चौधरी, प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, दामा शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख अधिकृत लक्ष्मी मरासीनिले प्रकाश पार्नु भएको थियो ।यस्तै कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रको विषयमा प्रमुख बाल स्वाथ्य तथा खोप सेवा शाख डा. झलक गौतम, दादुरा रुवेला खोप अभियान, रोटा तथा सरसफाईको विषयमा बाल स्वथ्य प्रमुख खोप अधिकृत भरत भण्डारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij