काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १००औं स्वर्ण हात पारेको छ । तेस्रो पटक नेपालमा भएको सागअन्तर्गत बुधबार भएको तेक्वान्दोमा सक्षम कार्कीले स्वर्ण जितेसँगै नेपालले सागमा १००औं स्वर्ण जितेको हो ।
पुरुष ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वाकार अलीलाई २७–९ स्कोरले हराए । १२औं सागसम्म ७१ स्वर्ण पदक जितेको १३औं संस्करणमा २९ स्वर्ण जित्यो । यससँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्