JanataToday.com

Advertisment

SKIP THIS

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा धर्ना

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा धर्ना

बुटवल, ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा धर्ना दिएका छन् ।
यही मंसिर १८ गते ज्वरो आएर अस्पतालमा भर्ना भएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीय माया थापाको शनिबार मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालमा धर्ना दिएका हुन् । बिरामिको रोग पत्ता नलगाई चिकित्सकले जथाभाबि एन्टीबाएटीक औषधीको प्रयोग गरेका कारणले छोरीको मृत्यु भएको मृतक थापाकी आमा सीता थापाको दाबी छ ।
तर,अस्पतालका मेडिकल सुपरिडेन्ट राजेन्द्र खनालले बिरामी थापालाई ७ दिनदेखि ज्वरो आउनुका साथै शरीरमा प्लेटलेसको मात्र कमी भएका कारण फोक्सोमा एआरडिएस भएका कारण बिरामीको मृत्यु भएको बताउनुभएको छ ।
साथै अस्पतालले बिरामीको पोटोकल अनुसार नै उपचार गरेको बताउँदै अस्पताल प्रशासन मृतकका आफन्तसँग वार्ता गर्नका लागि तयार रहेको समेत सुपरिटेण्ड खनालले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, मंसिर २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij