पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिका३ धार्केसिङस्थित सडकबाट टिपर करिब १ सय २० मिटर तल खस्दा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।मृत्यु हुनेमा ३०-१-००-३ क ४४५६ नम्बरको टिपरका सहचालक २३ वर्षीय टेक बहादुर बुढा मगर रहेका छन् ।सहचालक बुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टिपर चालक सुर्खेत शिवालय गाउँपालिका(६ बस्ने ३८ वर्षीय दिल बहादुर थापा घाइते भएका छन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्