JanataToday.com

Advertisment

SKIP THIS

गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक

गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक

काठमाडौं ।
कीर्तिमानी जलपरी गौरिका सिंह दक्षिण एसियाली खेलकुद सागमा सर्वाधिक सफल खेलाडी बनेकी छन् ।
उनले १३औं सागमा चार स्वर्णसहित ९ पदक जितेकी छिन् । उनले ९ स्पर्धामा भाग लिएकी थिइन् र कुनैमा पनि पदकविहीन हुन परेन ।

पौडीको अन्तिम दिन उनले १०० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरी ५८।१३ सेकेन्डमा पूरा गरिन् । ५८।१५ सेकेन्डमा दुरी पार गरेकी भारतीय शिवांगी शर्माले रजत पदक पाएकी छन् । निकै सानो अन्तरले स्वर्ण जितेकी गौरिकाले भनिन्, ‘हेर्नै डर लाग्यो म जितेको हो कि उ जितेको ।’
आजनै ४०० मिटर मिड्ले रिलेमा गौरिका संलग्न नेपाली टोलीले कांस्य पदक जितेको छ ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।
दीपकले चारवटा सागबाट चार स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् । १३ औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij