JanataToday.com

Advertisment

SKIP THIS

बाँकेमा विद्यार्थीमाथि गरेको दमनको बिरोधमा बिद्यार्थी संघ रुपन्देहीद्धारा बुटवलमा विरोध

बाँकेमा विद्यार्थीमाथि गरेको दमनको बिरोधमा बिद्यार्थी संघ रुपन्देहीद्धारा बुटवलमा विरोध

बुटवल ।
बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा नेपाल बिद्यार्थी संघ रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ रुपन्देहीको आयोजना र बिभिन्न क्याम्पसका इकाइहरुको समन्वयमा आज बुटवलमा उनीहरुले प्रहरी दमनको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

Image may contain: 16 people, including Quách Hải, people smiling
उनीहरुले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरु मुक्तिराज पौडेल, जमुना ढकाल, टंक पाण्डे, छाया पोख्रेल, महेश शर्मा लगायतले बोल्दै सरकारले विद्यार्थीमाथि गरेको दमन भएको बताए ।उनीहहरुले गृहमन्त्री राजिनामा दे, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन बन्द गर लगायतका प्ले कार्ड बोकेर नाराबाजी समेत गरेका थिए ।

Image may contain: 12 people, including Quách Hải, people standing
सो कार्यक्रममा एम्स कलेज, स्कर्लस होम, कालिका मावि, अक्सफोड कलेज लगायतका विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । अस्पताललाइबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Image may contain: 1 person, crowd and outdoor
कोणसभामा बोल्दै नेविसंघका नेताहरुले सरकारको लाचारीपनका कारण स्कुले विद्यार्थीले पीडा भोग्नुपरेको बताए । उनीहरुले सरकारले संविधान विपरित कदम चालेको भन्दै कार्यशैली सच्याउन चेतावनी दिए ।
आइतबार बिहान ट्रकले ठक्कर दिँदा कक्षा ७ मा अध्ययनरत कोहलपुर—१० की प्रकृति चन्द गम्भीर घाइते छिन् ।

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij