JanataToday.com

Advertisment

SKIP THIS

लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम

लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम

बुटवल ।
हिंसा बिरुद्ध १६ दिने अभियानकै क्रममा एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समुहले छुट्टा छुट्टै रुपमा हिंसा बिरुद्ध सचेतना कार्यक्रम गरेका छन् ।
एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलले बुटवलको साधना महिला बिद्यालयमा र निर्माणधिन बुटवल महिला समुहले बुटवल वडा नं९ को आमा समुहका आमाहरुलाई प्रशिक्षणात्मक सचेतना कार्यक्रम गरेको हो ।
त्यस अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व महासचिव करुण खनाल र पूर्व संयोजक तथा सल्लाहकार वरिष्ट अधिवक्ता शालिकराम वञ्जाडेले हिंसा बिरुद्धका कानुनी व्यबस्था तथा न्यूनिकरणकालागि गर्न सकिने उपायहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टिले लैंङ्गिक हिंसा पनि मानव अधिकारको आधारभूत अधिकारमा पर्ने भएकाले हिंसा बिरुद्ध सचेनामुलक कार्यक्रम गरिएको समुह १२ बुटवलकी संयोजक सरिता भारीले बताउनु भयो । त्यस्तै मानव अधिकारको प्रवद्र्धन र रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि सबै सचेत हुनु पर्ने भएकाले त्यसकैकालागि कार्यक्रम गरिएको निर्माणधिन बुटवल महिला समुहकी संयोजक जानकी नेपालले बताउनु भयो ।
मानव अधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशन नेपाल समुह १२ बुटवल र निर्माणधिन महिला समुहले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पर्व सन्ध्यामा  साँझ बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन समेत गरिएको सहसंयोजक कबिन्द्र नेपालले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij