JanataToday.com

Advertisment

SKIP THIS

१३ औं साग : स्वर्ण जित्ने खेलाडीलाई जनही नौं लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

१३ औं साग : स्वर्ण जित्ने खेलाडीलाई जनही नौं लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

जनता टुडे/बुटवल

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा स्वर्ण जित्ने खेलाडीलाई जनही नौं लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । विजयी खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख र एक स्वर्ण जित्ने खेलाडीलाई नौं लाख पुरस्कारको घोषणा गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट पुरस्कार दिने घोषणा गर्नुभयो । टिम इभेन्ट तर्फ भने स्वर्ण जित्ने खेलाडीले जनही पाँच लाख पुरस्कार पाउने छन् ।

अघिल्लो सागमा सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो ।

मंगलबार समापन भएको सागमा नेपालले ५१ स्वर्ण जितेको थियो । १३ औं सागमा नेपालले कुल पदक भने २०६ वटा जितेको छ। सागमा भारतले १७४ वटा स्वर्ण जितेको थियो । तेस्रो भएको श्रीलंकाले ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जितेको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij