बलियो कानून नहुँदा उपभोक्ताको हित संरक्षण हुन नसकेको बक्ताहरुको जोड

बलियो कानून नहुँदा उपभोक्ताको हित संरक्षण हुन नसकेको बक्ताहरुको जोड

बुटवल

बलियो कानून नहुँदा उपभोक्ताको हित संरक्षण हुन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । फितलो कानून हुँदा उद्योगी ब्यापारिले खाद्य पदार्थमा मिसाउट गरेपनि कानूनी सजायबाट उम्कने गरेको उनिहरुले बताएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आज पत्रकारहरुका लागि आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धी तालिममा बोल्दै रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता लक्ष्मण घिमिरेले खाद्य ऐन फितलो हुँदा कारबाही गर्नको लागि समस्या हुने गरेको बताउँनु भएको छ । कार्यक्रममा खाद्य अपराध अनुसन्धान अभियोजन र न्याय सम्बन्धी जानकारी दिँदै उँहाले कानूनी संहितामा मिसावट गर्नेलाई ५ वर्षसम्मको कैद सजाय हुने ब्यवस्था रहेपनि कुनै खाद्य पदार्थ दूषित वा न्यूनस्तरको खाद्य पदार्थ हो वा होइन भन्ने कुराको परीक्षणको लागि प्रयाप्त मात्रामा अनुसन्धानशाला नहुँदा कारबाही प्रक्रिया रोकिने गरेको बताउँनु भएको छ । यो आर्थिक वर्षमा खाद्य मिसवट सम्बन्धीमा कुनै पनि उजुरी न्यायधिवक्ताको कार्यलयमा दर्ता हुन नसकेको उँहाले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख आनन्द डंगोलले खाद्य स्वच्छता सम्बन्धी जनचेतना फैलाउन पत्रकारको आवश्यकता रहेकोमा जोड दिनुभयो । कार्यालयका सूचना अधिकारी एवं खाद्य अनुसन्धान अधिकृत श्रवणकुमार ढुंगानाले कार्यपत्र प्रस्ततु गर्दै खाद्य पदार्थ किनमेलदेखि, भण्डारण, ओसार पोसार, पकाउने र खाँदा सम्म स्वच्छता हुन आवश्यकता रहेको बताउनु भयो । उपभोक्ता सहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताको हित संरक्षण गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान , परिक्षण र गलत गर्नेलाईकारबाहीगर्नु पर्ने बताउँनु भएको छ । कार्यक्रम संयोजक पदमराज भुसालले खाद्य पदार्थको प्रयोग गर्दा स्वयम ब्यक्तिको सरसफाईमा ध्यान दिन आवश्यकता रहेकोमा जोड दिनुभयो । खाद्य पदार्थ किनमेलदेखि , भण्डारण , ओसार पोसार, पकाउने र खाँदा सम्म स्वच्छता हुन आवश्यकता रहेको बताउँनुभयो । पत्रकार खिमानन्द भट्टराईले उपभोत्तालाई स्वच्छ खानेकुरा उपभोग गर्नको लागि अधिकार रहेको बताउँदै यसको लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताउँनुभयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij