JanataToday.com

Advertisment

SKIP THIS

भ्रष्टाचार संस्थागत गर्ने बिषयमा तीनै तहका सरकार बिच एकरुपता देखियोःमानव अधिकारबादी नेता पहाडी

भ्रष्टाचार संस्थागत गर्ने बिषयमा तीनै तहका सरकार बिच एकरुपता देखियोःमानव अधिकारबादी नेता पहाडी

 

बुटवल,
जनता टुडे

मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले स्थानीय, प्रदेश र केन्द्र सरकार बिच भ्रष्टाचारलाइ संस्थागत गर्ने बिषयमा एकरुपता देखिएको बताउनभएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीलले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मानवअधिकारबादी नेता पहाडीले शुसाशन स्थापित गर्न छोडेर तीनै तहका सरकार भ्रष्ट्राचारमा लिप्त भएको बताउनुभएको हो ।

‘संघियताको मुल मर्म शुसाशन स्थापित गर्दे जनतालाइ अधिकार सम्पन्न गराउनु हो । तर अहिले तीनै तहका सरकार एउटा मात्रै कुुरामा अगाडी देखिएका छन त्यो हो भ्रष्टाचार’ पहाडीले भने । केन्द्र देखि स्थानीय तहसम्म भ्रष्टाचार र दण्डहिनता बढ्दा जनतामा निरासा छाएको पहाडीले बताउनुभयो । मानव अधिका तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आज बुटवलमा अयोजित पत्रकार सम्मेलनमा पहाडीले शासन व्यवस्थामा लागेको धमिराले लोकतन्त्रलाइ कमजोर बनाएको दावी पनि गर्नुभयो । सरकार र हरेक राजनीतिक दलहरु भित्र रहेका धमिराहरुकै कारण लोकतन्त्र माथि नै खतरा उत्पन्न भइरहेको पहाडीको टिप्पणी थियो ।

मुलुकमा शुसासन स्थापित हुन नसक्दा लोकतन्त्रका ग्रहण लागेको पनि उहाले बताउनभयो । मुलुकका भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्दै सुशासन स्थापना गर्ने तर्फ सरकार तथा अन्य राजनीतिक दलका नेतामा दृढ इच्छा शक्ति हुनुपर्ने भन्दै उनले सरकारकालाइ जिम्मेबार बनाउने प्रतिपक्ष पनि कमजोर हुन नहुनेमा जोड दिनुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाइ सफल बनाउन सबैभन्दा पहिले शान्ति सुव्यवस्थाको ग्यारेन्टि गरीनु पर्नेमा जोड दिदै उहाले दण्डहिनताको अन्त्य गर्दै विप्लव माओवादीलाइ पनि शान्तिबार्तामा ल्याउन सरकारसंग माग गर्नुभयो । विप्लव माओवादीलाइ पनि हिंसा त्यागेर बार्ताको माध्यमबाट राजनीतिक प्रतिश्पर्धामा आउन आग्रह गर्नुभयो ।

भारतसंगको सिमा विवादका सम्बन्धमा उहाले प्रधानमन्त्रीलाइ स्वेतपत्र जारी गर्न आब्हान गर्नुभयो । सिमा विवाद जस्तो संवेदनशील र महत्वपुर्ण बिषयमा सरकारले चाल्नु पर्ने उचित कदम नचालेको भन्दै उहाले यो बिषयमा अहिले मौन बसे भावि पुस्ताले माफ नगर्ने बताउनुभयो । ‘राष्ट्रियताको बिषयमा तपाइ मौन बस्नुभयो भने भावि पुस्ताले माफ गर्ने छैन’ । चुनावमा पनि त्यसको असर देखिने छ’ पहाडीले भन्नसभयो ।

समाजको २२ औं राष्ट्रिय परिषद् बैठककामा भारतद्वारा नेपालको सिमा अतिक्रमण, जलवायु परिर्वानको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुव्र्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसार लगायत गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्यका लागि अभियान सञ्चालन लगायत महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराउनुभयो।

शान्ती समाज रुपन्देहीका अध्यक्ष डिवि खनालको अध्यक्षतामा र सचिव अर्जुन ज्ञवाली सञ्चालनमाकार्यक्रम सम्पन्न भएको थियो

प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij