धकधई /जनता टुडे
रोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को सार्वजनिक सुनुवाई एवम सामाजिक परिक्षण कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र दिगो सामुदायिक विकासको निम्ति एकताको संयुक्त आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बिशेष गरि गाउँपालिकाको अहिले सम्म आफ्नै भवन नभएको बारे अधिकतम चासो राखिएको थियो । यसका साथै गाउँपालिकाको भवन सरकारले तोकेको धकधई केन्द्र भन्दा बाहिर लैजाने प्रयास भै रहेको बताउदै सेवाग्राहीले असन्तुष्टि ब्यक्त गरेको आयोजक बुद्धिराम पन्थीले बताउनुभयो ।
सेवाप्रवाहको बिषयमा गाउँपालिका गत बर्ष भन्दा अहिले राम्रो हुदै गएको पन्थीले बताउनुभयो । उहाले ६१ प्रतिशत भन्दा बढी सेवाग्राही गाउँपालिकाको सेवाबाट सन्तुष्ट रहेको अभिमतले देखाएको बताउनुभयो । गाउँपालिकाको सेवा प्रवाह बिषयमा भन्दा पनि बिकास निर्माणका काम र राजनैतिक सहमति अनुसार काम नभएको स्थानियहरुको गुनासो बढी आएको थियो ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले आफु गाउँपालिकामा काम गर्नकै लागी आएकोले सबैको सल्लाह लिई अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाले सार्वजनिक सुनुवाईले गाउँपालिकालाई सुधार गर्ने बाटो देखाएकोले आफु सदैव सोही बाटोमा हिड्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा नम्बर १ का वडा अध्यक्ष आविद अली, २ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डे, ३ का बिर बहादुर क्षेत्री, ४ का तारानाथ यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का ईन्द्रमान चौधरी, ७ का कावा वडा अध्यक्ष दुखनी थारु, बिषयगत शाखाका प्रमुखहरु शिक्षाका रामजित प्रसाद चौधरी, स्वास्थ्यका रामनेवास चौधरी, कृषिका बृजेश मिश्र, योजनाका राजकुमार मिश्र लगायतले सेवाग्राीबाट आएको प्रश्नहरुको जवाफ दिएका थिए ।
यस्तै कार्यक्रममा जय प्रकाश यादव, नाथु यादव, बिद्या यादव, शैलेन्द्र उपाध्याय, प्रदिप कुमार पाण्डे, ताहिर अलि, उस्मान अलि, सब्बिर खाँन, शम्भु यादव, नरसिंह चौधरी, बैजनाथ सहानी, सञ्जय गुप्ता, कान्छा कोहार, रवि चौधरी लगायतले गाउँपालिकाको बिभिन्न क्रियाकलापबारे सुधार गर्नु पर्ने भनाईहरु राख्नुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्