बुटवल
स्व.राजु लामा स्मृति खुल्ला स्नुकर प्रतियोगिताको छैटौ दिनको खेल जारी छ । न्यु क्लब थ्रर्टिनको आयोजनामा मैत्रीपथस्थित क्लब थ्रर्टिन स्नुकर हाउस भएको आजको खेलमा राजन लामाले रोशन बिकलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन राजु लामाले सर्वाधिक १ सय १० को हाईयस्ट ब्रेकसमेत गरेका छन । आज नै भएको खेलमा सबिन तामाङले जय महर्जनलाई ३-१, रेगन श्रेष्ठले बिशाल निरौलालाई ३-१, आयुष गौतमले सन्जय शाहीलाई ३-१, बिरेन शाक्यले गोपाल न्यौपानेलाई ३-१, सनम लामाले सागर पुनलाई ३-०, कसिस क्षेत्रीले दिनेश रानालाई ३-०, आले तामाङले लक्ष्मण थापालाई ३-१, निर्मन बोगटीले बसन्त रेश्मीलाई ३-० को सेटमा पराजित गर्दै प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार रुपैया, उपविजेताले नगद २५ हजार रुपैयाका साथै कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष संन्जु बस्नेतले बताए । सेमीफाईनलमा पुग्ने २ जना खेलाडीलाई नगद ५ हजार, सवार्धिक ब्रेकरलाई ५ हजार, ५० भन्दा बढी ब्रेक गर्नेलाई नगद ५ हजार, ट्रफीका साथै राईजिङ प्लेयरलाई प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिनेछ ।
पुस ७ गतेसम्म संचालन हुने प्रतियोगितामा काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, कपिलबस्तुबाट खेलाडीहरु सहभागी भएका खेल संयोजक बिरेन शाक्यले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, पुष २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्