बुटवल /जनता टुडे
रुपन्देहीको सबैभन्दा पुरानो मानिएको भड्छा मेला पश्चिम सैनामैना नगरको भड्छा गांउमा संचालन हुदै आइरहेको छ । सैनामैना वडा न ८ को गांउमा रात्रीकालिन मेला मानिने ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १० औं संस्करणको रुपमा शुरु हुने भएको छ ।भड्छा गाँउ समाज सैनामैना ८ रुपन्देहीले माघेऔंसीको अबसर पारेर यो बर्ष पनि ११० औ ३ दिने भड्छा महोत्सब तथा माघेऔसी मेला २०७६ आयोजना गर्ने भएको हो ।
मेला संचालनको सन्दर्भमा आज ९शुक्रबार० बसेको समाजको बृहत भेला तथा छलफलबाट यही माघ ९,१० र ११ गते सैनामैना ८ भड्छामा मेला संचालन गरिने बताइएको छ । ‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्षमा जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्य सहित रामशरण न्यौपानेको संयोजकत्वमा १ शय १ सदस्यीय मुल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा देवनारायण चौधरी, सचिबमा पर्शुराम चौधरी, कोषाध्यक्षमा हरिनारायण चौधरी लगायत अन्य सदस्यमा चयन गरिएको छ । ३ दिने मेलालाइ व्यबस्थित रुपले सम्पन्न गर्नको लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
जसअन्तर्गत बुद्धिराम चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, राजेन्द्र अधिकारीको संयोजकत्वमा रक्तदान उपसमिति, राम बहादुर थारुको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुरेन्द्र परियारको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, मलमला चौराबावा युवा क्लबको संयोजकत्वमा स्वयमसेवक उपसमिति,इश्वरी भन्डारीको संयोजकत्वमा अतिथि सत्कार तथा निमन्त्रणा उपसमिति, रिषिराजेश्वरी चौधरकिो संयोजकत्वमा मेस व्यबस्थापन उपसमिति,करन चौधरीको संयोजकत्वमा स्टल दर्ता उपसमिति, हरिनायाण चौधरीको संयोजकत्वमा स्टल व्यबस्थापन उपसमिति, राजकुमार चौधरीको संयोजकत्वमा भलिबल खेल उपसमिति, बर्षाति चौधरीको संयोजकत्वमा झाकीं व्यबस्थापन उपसमिति, रामकुमार चौधरीको संयोजकत्वमा प्रमाणपत्र तथा व्यानर छपाइ उपसमिति, जितेन्द्र चौधरीको संयोजकत्वमा अतिरिक्त खेल उपसमिति, रामचन्द्र चौधरीको संयोजकत्वमा गेट निर्माण उपसमिति,सुनिल चौधरीको संयोजकत्वमा हेल्पडेस्क उपसमिति चयन गरिएको छ ,भने चोलाकान्त भट्राइको संयोजकत्वमा अनुगमन उपसमिति, खेमलाल ढकालको संयोजकत्वमा मेला खेलमैदान निर्माण उपसमिति गठन गरिएको छ ।
मेलामा स्थानिय स्तरमा उत्पादित सामाग्रिहरुको प्रदशर्नीका साथै विभिन्न समुदायका सास्कृतिक पहिचानहरु लाइ संरक्षण गर्दैै स्थानियस्तरका प्रतिभालाइ उजागर गर्ने तरिकाबाट मेला संचालन गरिनेमुल समिति संयोजक रामशरण न्यौपानेले बताउनुभयो ।मेला अबधीभर राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुती सहित विभिन्न खेलकुद तथा विबिध सांस्कृतीक कार्यक्रम हुने सास्कृतिक संयोजक राम बहादुर थारुले जानकारी दिनुभयो ।
थारुका अनुुसार ३ दिने मेलामा रक्तदान, सैनामैना नगरस्तरिय वडा कप भलिबल प्रतियोतिगा, डान्सिङ आइडल, वडा स्तरिय झुमडा नाच प्रतियोगिता तथा अन्य खेलकुदका कार्यक्रमहरु संगै थारुहरुको सांस्कृतिक नृत्य झुमडा नाच, झर्रा, मयुर नृत्य तथा कमेडी शो लगायत विबिध कार्यक्रम रहने छ । महोत्सवमा विशेष गरि विभिन्न समुदायले पकाएको परिकारका स्टलहरु तथा स्वदेशमै उत्पादित कृर्षीजन्य उत्पादनलाई प्रर्दशन गरिने छ । ३ दिन सम्म संचालन हुने मेला संचालनका लागी सैनामैना नगरपालिकाबाट मंच निर्माण का लागी ३ लाख र मेला संचालनका लागी ४ लाख गरि कुल ७ लाख सहयोग भएको आर्थिक संयोजक बुद्धिराम चौधरीले जानकारी दिनुभयो ।
रातीमै शुरुहुने र रातीमै समापन हुने प्राचिन मेलाका रुपमा पहिचान बनाएको यो भँड्छा मेलामा खासगरि स्थानिय थारु समुदायको संस्कृतिलाई महत्व प्रदान गरिएको हुन्छ ।एक सय बर्षसम्म मेलाको रुपमा मनाइदै आएपनि १ सय बर्षपछि भने यसलाइ महोत्सवको रुपमा मनाउन शुरु गरिएको हो । ‘परापुर्व कालमा एक साधुले सो मेलाको सुरुवात गरेको किम्वदन्ती छ । इस १९६६ सालदेखी निरन्तर रुपमा ब्यबस्थित ढंगले सञ्चालन गर्दै आएकोे ईतिहास रहेको भड्छा गांउ बिकास समाजले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्