JanataToday.com

Advertisment

SKIP THIS

भोलिदेखि लाफा ब्याडमिन्टन शुरु

भोलिदेखि लाफा ब्याडमिन्टन शुरु

बुटवल ।
लाफा समुहको आयोजनामाभोलीदेखि पाच नम्बर प्रदेशमै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुदै छ ।दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन सबै तयारी पुरा भएको क्लबका अध्यक्ष तारा सिह रेश्मीले बताउनुभयो । प्रदेशमै प्रथम पुरस्कार ५१ हजार राशी राखेर प्रतियोगिता गरि खेल र खेलाडीको विकासमा टेवा दिने लक्ष्य रहेको उहाले बताउनुभयो ।क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स संचालन गर्ने, अनाथ तथा अपाङहरुलाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उहाले बताउनुभयो ।
प्रतियोगिता दुई ईभेन्टमा खेलाइने खेल संयोजक पुरन गाहाले बताउनुभयो । दीपनगरस्थित लाफा समुहको ब्याटमिन्टन कोर्टमा ३ वटा कोर्टमा खेल हुने छन । करीब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने उहाले बताउनुभयो।
खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उहाले बताउनुभयो । भेट्रान्स टिमको प्रतियोगीको उमेर न्युनतम ४५ वर्ष हुनुपर्ने उहाले बताउनुभयो।
दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने क्लबका संरक्षक बासुदेव लामिछानेले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन बिहान ८.३० मा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालबाट हुने क्लबका संयोजक जगत बयम्बुले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij