JanataToday.com

Advertisment

SKIP THIS

दाङमा १२० सवारी दुर्घटनामा ३६ जनाको मृत्यु

दाङमा १२० सवारी दुर्घटनामा ३६ जनाको मृत्यु

तुलसीपुर, ।
दाङमा चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनामा १२० सवारी दुर्र्घटना हुँदा ३६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।
साथै दुर्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर घाइते भएका छन् भने ३५ पुरुष, २३ महिला, पाँच बालक, १४ बालिका गरेर ७७ व्यक्ति भने सामान्य घाइते भएको रेग्मीले बताए । ट्राफिक प्रमुख रेग्मीका अनुसार चालकको लापरवाही, ओभरटेक, तीव्रगति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, छाडा पशुचौपाया, सडकको अवस्था खराबलगायतका कारण दुर्घटना हुने गरेको छ ।
ट्राफिक प्रमुख रेग्मीका अनुसार साउनमा ट्रक÷टिपर चार, बस चार, जिप÷कार चार, ट्र्याक्टर एक, मोटरसाइकल १३ तथा अन्य गरी २७ सवारी दुर्र्घटना भएको थियो । भदौमा ट्रक तीन, टिपर एक, बस तीन, जीप÷कार दुई, ट्र्याक्टर दुई, टेम्पो तीन, मोटरसाइकल १५ गरेर जम्मा २९ सवारी दुर्घटना भयो । असोजमा ट्रक एउटा, टिपर एक, बस दुई, माइक्रो एक, जिप÷कार दुई, टेम्पो तीन, मोटरसाइकल १३ गरी २३ दुर्घटना भएका छन् । कात्तिकमा ट्रक एउटा, बस तीन, माइक्रो एउटा, जिप एक, कार दुई, ट्र्याक्टर तीन, टेम्पो चार र मोटरसाइकल ११ तथा अन्य दुई गरी २७ दुर्घटनामा परेको रेग्मीले बताउनुभयो । मङ्सिरमा टिपर दुई, बस तीन, ट्र्याक्टर दुई, मोटरसाइकल सात गरेर १४ दुर्घटनामा परेका थिए ।
गत आर्थिक वर्षको तथ्याङ्कअनुसार साउन महिनामा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा २४, मङ्सिरमा २६, पुसमा १५, माघमा २८ फागुनमा २१, चैत्रमा २०, वैशाखमा १५, जेठमा १५ र असारमा १५ गरेर जम्मा १५१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । गएको वर्ष छ बालकको मृत्यु भएको थियो भने ३५ घाइते भएका थिए । त्यस्तै बालिका दुईको मृत्यु भयो भने १५ घाइते भएका थिए । यस्तै ७५ पुरुषको मृत्यु भएको थियो भने २४७ घाइते भएका थिए । सवारी दुर्घटनामा १९ महिलाको मृत्यु भएको थियो ।रासस

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij