गुुल्मी ।
कोदो,मकै, धान उत्पादन गर्ने किसानलाई कृषक भन्न कि नभन्ने रु गुल्मीका किसानहरुले एक कार्यक्रममा उठाएको प्रश्न हो यो । उनीहरुले सरकारले कृषकहरुका नाममा अनुदान दिएका समाचारहरु आइरहे पनि आफुहरुले कुनै पनि अनुदान नपाएको भन्दै कोदो, मकै, धान उत्पादन गर्ने मानिसहरु कृषक नै होइनन् भन्दै प्रश्न गरेका थिए ।
जिल्लाको सदरमुकाम तम्घासमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको दुई दिने अभिमूखीकरण कार्यक्रममा सहभागी कृषकहरुले खेतीपाती गर्दै आए पनि सरकारको नजरमा कृषक वर्ग भित्र नपरेको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाकी कृषक रामकुमारी कार्कीले मकै, कोदो, धान लगाउँदै आएका किसान कृषक हुन कि होइनन् भन्दै प्रश्न गर्नुभएकोे थियो । उहाले भन्नुभयो ‘यदि कृषक हुन भने किन सरकारले तिनीहरुलाई अनुदान दिदैन कार्यक्रममा कृषकहरुले शुद्ध किसान छनौट गर्न माग गरेका छन् । ‘अनुदान वास्तविक कृषकले पाएनन् । बजारको ग्यारेन्टी हुनुपर्यो ।
कृषक अपमानित हुनुभएन । किसानको समस्या कसले बुझ्ने, रेसुङ्गा नगरपालिका १२ का कृषक कृष्ण बस्नेतले भन्नुभयो । कृषकलाई ऋण प्रदान गरे पुग्छ । उहाले जंगली जन्तुहरुलाई व्यवस्थापन गर्न आग्रह गर्दै लागतमा आधारित बाली बीमा नभई उत्पादनमा आधारित बीमा ल्याउनुपर्नेमा जोड दिनुभयो । कृषक बस्नेतले बजारीकरणको ग्यारेन्टी गर्न माग गनुृभयो । ‘हामीले उत्पादन गरेका वस्तुहरुमा विषादी मिसाएको भन्छ्न, तर विदेशी उत्पादन प्रयोग गर्ने गरेको देखिन्छ’ बस्नेतले भन्नुभयो। उहाले कृषकको वर्गीकरण गर्नुपर्ने बताउँदै वास्तविक किसान को हो रु नबुझेको भन्दै प्रश्न गर्नुभयो उहाले कृषकहरुलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्न माग समेत गर्नुभयो कृषकहरुले राखेका गुनासाहरुलाई सम्बोधन गर्दै राष्ट्रिय किसान आयोगका सदस्य एवं कृषि विज्ञ उदयचन्द्र ठाकुरले प्राप्त सुझाव एवं गुनासाहरुलाई सरकारको निति तथा कार्यक्रममा समावेश गर्न दरिलो सुझाव पेश गर्ने बताउनुभयो । आयोगको आयोजनामा भएको जिल्लास्तरीय किसान संघ संगठन तथा संस्थाहरुको अभिमूखीकरण कार्यक्रमको हिजो समापन गरिएको छ । कार्यक्रममा किसान संघ संगठन तथा संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति : शनिबार, पुष ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्