बुटवल सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा

बुटवल सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा

बुटवल/जनता टुडे

बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ ।

सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।

घोषणासभामा सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरवासीहरुले प्रतिबद्धता जनाएका थिए ।

घोषणा कार्यक्रममा प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर ‘समृद्ध प्रदेश, खुशी जनता’ परिकल्पना साकार पार्ने अभियानको थालनी गरिएको बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । सामाजिक विकासमन्त्री सुर्दशन बरालले कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हँुदै गएको बताउनुभयो । उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले मानवसेवा आश्रमको क्षमता तथा गुणस्तर वृद्धि गरी सेवालाई दीर्घकालीन बनाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उपप्रमुख गुमादेवी आचार्यले हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गर्ने चरणमा मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न गरी बुटवल उपमहानगरलाई सडक मानवमुक्त बनाइएको बताउनुभयो ।

नगरलाई बेसहारा सडक मानवमुक्त बनाउन बुटवल उपमहानगरपालिकाले यसअघि सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न समूह, सामुदायिक संघसंस्था क्लब समाजसेवी, बुद्धिजीवी, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासँग समन्यवन र सहकार्य गरेको थियो ।

शारीरिक तथा मानसिकरूपमा असक्त मनोरोगी, अनाथ, अपाङ्गता भएका व्यक्ति र सहयोगापेक्षी मानवको उद्वार, उपचार र पालनपोषण गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालय र उपमहानगरपालिकाको सहयोगमा बुटवलमा मानव सेवा आश्रमको स्थापना गरिएको हो ।

सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ जनाको उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले जानकारी दिनुभयो ।

घोषणा कार्यक्रममा सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि योगदान पुर्‍याउने मानव सेवा आश्रमका सुशीला केसी, सरु अधिकारी, टीकामाया थापा, गंगा थापा र होमनाथ पौडेललाई सम्मान गरिएको थियो । घोषणा सभापूर्व बुटवलमा झाँकीसहित बृहत् र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij