चिनियाँ प्रविधिको ईटा उत्पादन गर्ने सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

चिनियाँ प्रविधिको ईटा उत्पादन गर्ने सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

बुटवल ।
उच्च गुणस्तरयुक्त ईटा उत्पादन गर्दै आएको सनब्रिक ईण्डष्ट्रिज प्रालिले आज रुपन्देहीको तिलोत्तमामा बिजनेश मिट कार्यक्रम गरेको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं.३ मा रहेको उक्त उद्योगले गरेको बिजनेश मिट कार्यक्रममा रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना तथा नवलपरासीको रामग्राम नगरपालिकाकाका प्रशासकीय प्रमुख तथा योजना प्रमुख सहित ईञ्जिनियरहरु, उद्योगका कर्मचारी तथा व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
२०६७ सालमा स्थापित उक्त उद्योगको बार्षिक २ करोड ईटा उत्पादन क्षमता भएपनि हाल बार्षिक एक करोड ईटा उत्पादन हुँदै आएको उद्योगका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी गराउनु भयो । उक्त उद्योगमा अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्षमा कृष्णकुरमा श्रेष्ठ, कोषाध्यक्षमा उज्जवल कसजु, तथा सदस्यहरु जेपी कंडेल, श्याम पराजुली, प्रकाशनारायण श्रेष्ठ, बासु श्रेष्ठ र पशुपतिप्रसाद श्रेष्ठको करिव २५ करोड लगानी रहेको छ ।
चिनियाँ प्रविधिमा आधारित उक्त उद्योगबाट हलो ब्रिक, फियर फ्रेस तथा कोरेको तीन प्रकारका ईटा उत्पादन हुँदै आएको उद्योगका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी गराउनु भयो । उक्त उद्योगबाट उत्पादित ईटा जिल्लाका प्रतिष्ठित सरकारी, गैरसरकारी तथा नीजि पूर्वाधार निर्माणमा प्रयोग भएको कम्पनीले जनाएको छ । उद्योगबाट उत्पादित ईटा रुपन्देहीको पूर्वाधार जस्तै सिद्धार्थनगरको सडक पेटीको नाली, टाईगर प्यालेस रिसोर्ट, ड्रिमल्याण्ड, बुटवलको सिसिटी कलेजको भवन, लुम्बिनी मेडिकल कलेजको भवन तथा पूर्वाधार निर्माण, शंकरनगरको एसआर होटल, सिद्धिबिनायक ग्रुपद्वारा सञ्चालित उद्योग प्रतिष्ठानहरुको भवन निर्माणमा प्रयोग गरिएको सनब्रिकका कोषाध्यक्ष उज्जवल कसजुले जानकारी गराउनु भयो ।
उहाँका अनुसार बुटवलको कालिकानगर सडक छेउ नालि निर्माणमा समेत उक्त ईटाको प्रयोग गरिएको छ भने बुटवल उपमहानगरपालिकाको नयाँ बनाउँदै गरेको भवनमा समेत उक्त उद्योगको ईटा प्रयोग हुँदै गरेको छ । नापतौल विभागबाट गुणस्तर प्रमाणित उक्त उद्योगले रुपन्देही जिल्लामा अर्डर भएको २४ घण्टा भित्रै डेलीभरी दिने पनि जनाएको छ ।

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij