JanataToday.com

Advertisment

SKIP THIS

विजयनगर कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माइन्

विजयनगर कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माइन्

कपिलवस्तु

कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन्।
सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ती महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन्। आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदए गर्दा उनले ट्याक्टरमा नै छोरा जन्माएकी हुन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन्।
गर्भवती महिला त्यो पनि सुत्केरी ब्यथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी चन्द्रौटा ल्याउँदै गर्दा बाटैमा बच्चा जन्मिएको हो। चन्द्रौटा होटल अगाडि बीच शहरमा उनले बच्चा जन्माएकी हुन्।
बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाका सासू कमलावती कोरीले बताइन्। गाउँमा एम्बुलेन्स नहुँदा ट्याक्टरमा ल्याउँदा जाडोयाममा बाटैमा बच्चा जन्मिएको उनले बताइन्।
गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्। ‘गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेको छ’, स्थानीवासी कलम कोरीले भने, ‘भगवान्को कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो।’ आफूहरु गरिब भएको र स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाइ छ।
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन। यो आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
रासस

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij