बुटवल
स्कुले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको नमस्ते किड्स नेपालले पाल्पाको तिनाउ गाउपालिका–६ अर्खलेको आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विद्यालयका ५५ जना विद्यार्थीलाई कापी,कलम लगायतका शैक्षिक सामग्री र स्वीटर वितरण गरेको हो । विद्यालयका पुर्व विद्यार्थी रमेश थापाको सहकार्य र एमजी क्लब बुटवल देवीनगर,दामोदर आलेको सहयोगमा उक्त सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सरु थापा मगरले बताउनभयो ।
कार्यक्रममा वडा अध्यक्ष टोमबहादुर पुन,एमजी क्लबका अध्यक्ष तुलबहादुर सारुमगर,गोर्खा स्पोर्ट्स क्लबका संचालक रमेश थापा ,नमस्ते किड्स नेपालका निवर्तमान उपाध्यक्ष तेजु राना लगायतले बोल्दै ग्रामीण भेगका बालबालिकालाई जाडो मौसममा स्वीटर र शैक्षिक सामग्री वितरण सराहनीय काम भएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर गाहाको अध्यक्षता र नमस्ते किड्स नेपालकी अध्यक्ष सरु थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्योतिकला बगालेले स्वागत र शिक्षक हरिबहादुर बगालेले सञ्चालन गर्नुभएको थियो। ।
प्रकाशित मिति : शनिबार, पुष ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्