नेकपा स्थायी कमिटी बैठक आज सकिने,

नेकपा स्थायी कमिटी बैठक आज सकिने,

काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आज सकिने भएको छ । अध्यक्षको प्रतिबेदनमाथि सहमति जुटाएर बैठक समापन गरिने भएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सुझावसहित पारित गर्दै बैठक सकिने बताइएको छ ।
बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्ने नेता बेदुराम भुसालले जानकारी दिनुभयो ।
बैठकले विधान संशोधन गर्दै केन्द्रमा मात्र उपाध्यक्ष रहने र त्यसमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय पनि गर्ने नेताहरुले बताएका छन् । सचिवालय विस्तार भने नहुने भएको छ ।
बैठकमा नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको, सिमा विवादलाई टुंग्याउन नसकेको, सरकार भ्रष्टाचारमा लिप्त भएको, पार्टी संचालन प्रभावकारी हुन नसकेको, एमसिसिका बारेमा गलत निर्णय भएको लगायतका विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
सवै नेताहरुले उठाएका विषयलाई अध्यक्ष प्रचण्डले हिजो जवाफ दिनुभएको थियो । अर्को अध्यक्ष तथा प्रधानमन्त्री ओली अस्वस्थताको कारण देखाउदै बैठकमा कुनै दिन पनि उपस्थीत हुनुभएको थिएन ।
तत्कालिन नेकपाका केही नेताहरु स्थायी कमिटीको बैठक नै छोडेर राष्ट्रपति कार्यालयमा राष्ट्रपतिसँग छलफलमा गएको भन्दै आलोचना भएकाले त्यसलाई थप चर्किन नदिन र एमसिसिको बारेमा थप विवाद हुन नदिन पनि बैठक आजै टुंग्याउने तयारीमा नेताहरु रहेको बताइएको छ ।
बैठकले एमसीसीका बारेमा कुनै निर्णय नगरी अध्ययनपछि निर्णय लिने र त्यसका लागि अध्ययन कार्यदल बनाउने निर्णय गर्ने एक नेताले जानकारी दिएका छन् ।
ढिलोमा तीन तीन महिनामा बस्नु पर्ने व्यवस्था भएको बैठक एक बर्षपछि बसेको हो । आजको बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, पुष ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij