गैडहवा ।
गैडहवा गाउपालिकाको आयोजनामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। सूर्यपुरा बहुमुखी क्याम्पसको प्रस्ताबित खेल मैदानमा शुरु भएको प्रतियोगिताका उद्धघाटन प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री शुदर्सन बरालले गर्नुभएको हो ।
प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री बरालले बिधार्थीहरुको बास्तबिक प्रतिभा खेलकुद र प्राबिधिक शिक्षाले मात्र उजागार गर्ने बताउदै लामो बलिदानीपुर्ण संघर्षबाट प्राप्त संघिय राज्य ब्यबस्थाले स्थानिय जनताले समेत स्थानिय सरकार अनुभुत गर्ने गरी बिकासका योजनाहरु गाउ गाउमा आएको र त्यसैको अभ्यास स्वरुप स्थानिय सरकारहरुले बिभिन्न योजनाहरु आफै बनाउने गरेको बताउनु भएको छ ।
सिंहदरबारको अधिकारलाई गाउ गाउमा स्थापित गर्नुनै संघियताको संघर्ष रहेको बताउदै गाउपालिका भित्रको शैक्षिक अवस्थालाई अगाडी बढाउन र महोत्सवले गाउपालिका भित्रका शिक्षालयहरु बिच शैक्षिक प्रतिस्पर्धा मार्फत सकारात्मक र भावानात्मक सम्बन्ध स्थापित गराउन सहज बनाउने बताउनु भएको छ। वहाले बिधार्थीहरुको गणित तथा बिज्ञान बिषयमा परिणात्मक बनाउन माथी ल्याउन बिगतको परीक्षाफललाई अध्ययन गरी ती बिषयहरुमा सृजनात्मक बनाउनु पर्ने बताउनु भएको छ ।
यसैगरी प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ५कका सांसद भुमिश्वर ढकालले शिक्षा बिना कुनैपनि समाजको परिबर्तन हुन नसक्ने भएकोले गाउपालिकाको शैक्षिक गुणस्तरलाई बृद्धि गर्न स्थानिय सरकारले प्राप्त गरेको अधिकारलाई प्रयोग गरी शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भएको छ। सांसद ढकालले खेलकुदको माध्यमबाट पनि बिधार्थीहरुलाई शैक्षिक गतिबिधीमा लाग्न उत्प्रेरित गर्न सकिने बताउदै १३ औं साग खेलकुद प्रतियोगितामा नेपालले इतिहासमै सबैभन्दा बढी पदक जित्न सफल भएको बताउदै उक्त सफलता प्राप्त गर्ने आधार बिधालय तहबाटै तयार भएको बताउनु भएको छ । गाउ स्तरका शिक्षालाई पनि प्रतिस्पर्धात्मक बनाउन स्थानिय सरकार लाग्नु पर्ने बताउनु भएको छ ।
यस्तै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले खेलकुद प्रतियोगिताले शैक्षिक ज्ञानलाई ताजगी बनाउन मात्र नभै बिधालय बिधालय बिचको भावानात्मक सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताउदै फरक फरक बिधालयको अनुभवहरुको सिकाई आदान प्रदान हुने बताउनु भएको छ ।
गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटको अध्यक्षतामा शुरु भएको शैक्षिक महोत्सव तथा राष्ट्रति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन कार्यक्रममा शिक्षा समितिका संयोजक तथा वडा नं. ८ का वडअ अध्यक्ष भुवन बहादुर राना,शिक्षा शाखा प्रमुख कृष्ण बहादुर चौधरी,जनकल्याण माध्यमिक बिधालयका प्रधानाध्यापक संजय कुमार यादव,गैडहवा प्याबसनका अध्यक्ष अशोक मौर्य,सामजबादी पार्टीका तुलसी यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सूर्यपुरा माध्यमिक बिधालयका सहायक प्रधानाध्यापक रामजी आचार्यको स्वागत तथा सुवास पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता पुष १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्