बुटवल/जनता टुडे
यहि पुसको ९ गतेदेखि सुरु हुन लागेको औद्योगिक व्यापार मेला बुटवल–२०७६ को प्रचार प्रसारकालागि पूर्वसन्ध्यामा प्रचारात्मक जनचेतनामुलक -याली गरिँदै छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको प्रचार प्रसारकालागि मंगलबार जनचेतनामुलक मोटरसाईकल -याली को तयारी गरिएको जनचेतना ¥याली तथा श्रव्यदृष्य एवं पार्किङ् व्यबस्थापन उपसमितिका संयोजक करुण खनालले जानकारी गराउनु भयो ।
मध्यान्न १२ बजे शुभारम्भ हुने ¥यालीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गर्नुहुनेछ । -याली को शुभारम्भ पश्चात मेला स्थल देवीनगरदेखि मगरघाट पुल हुँदै मोतिपुर वेलभरीया, भाटा, मैनहीया, फर्साटिकर, हिरापुर, सेमलार, तामनगर, नयाँगाउँ हुँदै बुटवल नगर परिक्रमा गरि राजमार्ग चौराहा, मिलनचोक, होराईजन चोक हुँदै मेला स्थल पुगेर ¥याली समापन गरिने समन्वय कर्ता संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्