बुटवल ।
क्रिसमस पर्वको पुर्वसन्ध्यामाआज बुटवलमा ख्रिश्चियन समाजले पत्रकारसंग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ मा भएको कार्यक्रममा डा रेभरेन पाष्टर नर बहादुर गुरुङले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको भन्दै सबै धर्म र जातीको समान अधिकार भएको बताउनुभयो ।
कुनै पनि धर्मको आलोचना बुझेर गर्न सुझाव दिदै उनले क्रिश्चियन धर्वालम्बीहरुको बारेमा गलत प्रचार भएको बताए । डा। पाष्टर चित्र बहादुर गुरुङले मानव समुदायको परिवर्तन गर्न प्रभु यशुको जन्म भएको बताउनुभयो ।रासस का पुर्ब अध्यक्ष बालकृष्ण चापागाईंले धर्मको नामले मात्र सबै कुरा गर्ने हैन ।उस्को आचरण र ब्यबहारिक पक्षलाई जोड दिनुपर्छ । भैरहवा चर्चका पाष्टर रमेश थापाले क्रिसमस मनाउनुको कारण बुझ्न जरुरी रहेको बताउनुभयो ।
बाईबलमा क्रिशमसको दिन नतोकिएको भए पनि विश्वभर नै प्रभु यशुको जन्म भएको दिनका रुपमा विशेष कार्यक्रम गरि मनाईने उहाले बताउनुभयो । मनमा यशुलाई स्थान दिनसके स्वर्गमा बाँस पाउन सकिने भन्दै हरेक मानिसको जीवन अहिले दुखको अन्त्यका लागि समाजमा राम्रो काम गनुपर्ने बताउनुभयो कार्यक्रममा रिपोर्टर्स क्लब प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्री, पाष्टर माधव प्रसाद न्यौपाने, अल्फा ईकेडेमीका प्राध्यापक प्रेम बहादुर पुन, पाष्टर विजय गौतमले धर्म ब्यवहारिक ज्ञान दिने बताउनुभयो।
प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्