बुटवल ।
बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ ।
बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।
वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिनुभयो ।
बिहीबारको विदा स्थानीय विदाबाट कट्टी हुने गरी मिलाएको उपमहानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्