JanataToday.com

Advertisment

SKIP THIS

गुल्मीमा भ्रमण वर्ष २०२० को तयारीका लागि छलफल

गुल्मीमा भ्रमण वर्ष २०२० को तयारीका लागि छलफल

रमेश विश्वकर्मा
गुल्मी
जिल्लाको मुख्य प्रवेशद्धार रहेको रुरुक्षेत्रको रिडीबाट यही पौष १६ गते भ्रमण वर्षको शुभारम्भ गरिने जिल्ला समन्व्य समितिका प्रमुख तथा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष लक्ष्मण पराजुलीले बताउनुभएको छ
जिल्लामा भ्रमण वर्ष २०२० को तयारीका लागि भएको छलफलमा उहाले ‘पर्यटकलाई आर्कषण गर्न सहज समेत हुने भएकाले भ्रमण वर्ष रिडीबाट शुभारम्भ हुन लागेको बताउनुभयो । आज स्थानीयतहरुका प्रमुखहरुसँग बैठक बसी पर्यटन प्रवद्र्धन समितिले विभिन्न विषयमा छलफल समेत गरेको हो । छलफलमा भ्रमण रुरुक्षेत्रको रिडीबाट शुभारम्भ गरिने बताइएको छ । । पाल्पाको ऋषिकेश मन्दिर नजिक पर्ने तथा तीन जिल्लाको संगम स्थल पनि भएकाले रिडीबाट भ्रमण वर्ष शुरु हुने भएको हो । स्थानीयतहका प्रमुखहरुको बैठकले अन्तरपालिकास्तरीय भ्रमण गर्ने, शुभारम्भ कार्यक्रममा १२ वटै स्थानीयतहबाट सहभागी बन्ने विषयमा छलफल भएको जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले जानकारी दिनभयो । भ्रमण वर्षलाई सफल बनाउनका लागि आन्तरिक पर्यटकलाई विशेष प्राथमिकता दिने, जिल्लास्तरीय रुपमा फुड फेस्टिभल सञ्चालन गर्ने तथा जिल्लामा रहेका सबै स्थानीयतहले स्वागतद्वार निर्माण गर्ने बताईएको छ । भ्रमण वर्षको शुभारम्भको दिन जिल्लामा रहेका सबै पर्यटकीय स्थलमा निःशुल्क अवलोकन गराईने छ । भ्रमण वर्षलाई सफल बनाउन जिल्लाका सबै स्थानीयतहले आफ्ना कार्यक्रमहरु अगाडि सार्ने विषयमा पनि छलफल भएको हो । भ्रमण वर्षलाई सफल बनाउका लागि विभिन्न निर्णय समेत भएका छन् । जिल्ला समन्वय समितिमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, समग्र जिल्लाको वृत्तचित्र निर्माण गर्ने, पर्यटकीय स्थल समावेश गरी जिल्लाको ब्रोसर प्रकाशन गर्ने, सूचना सम्प्रेषणलाई प्रभावकारी गराउन स्थानीय सञ्चार माध्यममा पर्यटकीय स्थलको पहिचान सहितको सूचना प्रशारण गर्ने निर्णय भएको छ । जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थल रुरुक्षेत्र तथा रेसुङ्गा क्षेत्रमा भ्रमण गर्ने, पर्यटकहरुको सहयोगका लागि सम्बन्धित स्थानीयतहले टुरिष्ट गाइडको व्यवस्था गर्ने,प्यारागलाइडिङ्गका लागि सम्भावित स्थलको खोजी गर्ने निर्णय गरेको छ । स्थानीय कला, संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न स्थानमा जात्रा महोत्सव तथा संस्कृति प्रर्दशन कार्यक्रमको आयोजना समेत गर्ने बताईएको छ । जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितीले भ्रमण वर्षलाई लक्षित गरी २२ भन्दा बढी पर्यटकीय स्थलहरुको पहिचान गरेको छ । ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा, रुरु, कुर्घा–मालिका, सत्यवती, शालिमेदह, सेतीवेनी, अश्लेवा ठूलावगर, अर्जुन, आँपचौर, श्रृङ्गा, टिमुरे ताल, दिव्रुङ्गदह, चक्रेश्वर मन्दिर, वामी सरस्वती मन्दिर रहेका छन् । भार्सेको अगरउड, छत्रकोट चोयगा, गुल्मीदरबार, धुर्कोट, इस्माकोट, मुसीकोट दरबार, मदाने, मालिका, कंङ्के देउराली, विचित्र गुफा, अरविन्द्र आश्रम, लेकपोखरा, अश्लेवा रुद्रवेणी राममन्दिर, हरेवाको झरना, बढीगाड ¥याफ्टीङ्ग, गुल्मी कफी, सेरामिक्स लगायत पर्यटकीय पहिचानका रुपमा रहेका समितिले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij