बुटवल
शिवनगर सामुदायिक वन उपभोक्ता समूह बुटवल ६,८,९ र ११ को २४औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन आज सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवलको वातावरणको सुधारको जिम्मा बुटवल भित्र रहेका सामुदायिक वनहरुले लिनुपर्ने बताउनुभएको छ । बुटवलमा पानीको मात्र कम भएकोले त्यसलाई बढाउन वन क्षेत्रको महत्वपूर्ण भुमिका हुनेहुँदा नगरपालिकाले सामुदायिक वनहरु संग साझेदारी गरेर आगडी बढ्ने बताउनभयो।उहाले छिट्टै प्रतेक सामुदायिक वनहरुमा रेन्जर र फरेष्टरको दरबन्धीको व्यवस्था गर्ने जानकारी दिनुभयो ।उहालेबुटवल स्वास्थ्य,शिक्षा, आर्थिक बृद्धिदर, विकास निर्माणका विद्यमान आयोजनाहरु संगै हरियाली पार्क तथा वन क्षेत्रका दृष्टिले नेपालमै केन्द्र बन्दै गएको बताउनुभयो । । नगरपालिकाकाले नगरवासीहरुको सेवाप्रवाहलाई विचौलीया मूक्त सेवा प्रवाह गर्ने कार्यको सरुवात गरेको जानकारी दिनुभयो।
जिल्ला बन कार्यालय , रुपन्देहीका वन अधिकृत बोदराज सुबेदीले रुपन्देही जिल्लामा वन क्षेत्र कम रहेको बताउदै वन संरक्षणमा लाग्न आग्रह गनुभयो ।त्यस्तै, पूर्व सांसद तथा जिवराज आश्रित प्रतिष्ठानका संस्थापनक अध्यक्ष देवेन्द्र घिमिरेले वन संरक्षणमा सामाजिक चेतना वृद्धि गर्न सके वन संरक्षण गर्न सकिने अभिव्यक्ती प्रस्तुत गर्नुभउो थियो ।वि.पि अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी युवाराज गिरीले वन सवैको साझा भएकोले यसको संरक्षण र विकासमा सवै एक भएर लाग्नु पर्ने बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका बुटवल नगर सभापति खिलराज पाण्डे , नेपाल कम्यूनिष्ट पार्टी नगर अध्यक्ष बाबुराम पन्थी , राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्क बाहदुर बारघरे ,वडा नम्बर ७ का वडाध्यक्ष तथा सल्लाहाकार कमल प्रताप थापा , सव डिभिजन वन कार्यालय तिलोत्तमाका अधिकृत युवराज घिमिरे , शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरी , संस्थाका अध्यक्ष तथा जिवराज आश्रितका अध्यक्ष उमाकान्त बस्याल लगाएतको शुभकामना मन्तव्य रहेको थियो । संस्थाका अध्यक्ष नारायण बाबु बस्नेतले बार्षिक प्रतिवेदन ,कोषाध्यक्ष तिल प्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन ,लेखा समिति संयोजक चरण तिमिल्सेनाले लेखाको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा उपभोक्ता समुहको तर्फबाट महिला तर्फ सिता खनाल र पुरुष सदस्य थम्मन बहादुर सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम सचिव श्यामकली आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्