JanataToday.com

Advertisment

SKIP THIS

एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार

एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार

भैरहवा, (जनता टुडे) – नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २४२ जना महिला तथा बालबालिकाहरुको उद्धार भएको छ । एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।

भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका छन् ।

महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढिरहेको माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाको अध्ययनले देखाएको छ । मानव तस्करहरुले महिला र बालबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।

माइती नेपालमा सन् २०१९ मा खोजतलास सम्बन्धी ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेका छन् । माइती नेपाल रुपन्देहीका कार्यक्रम संयोजक माया क्षेत्रीका अनुसार आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् ।

माइती नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खुला सीमा नाका भएको कारणले रुपन्देहीको बेलहिया नाकामा बेचबेखिनको उच्च जोखिम बढेको बताउनुभयो ।

उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आयमूलक काममा लगाउन माइती नेपालले सहयोग गर्दै आएको छ । मानव बेचबिखनमा मानव तस्करहरु सक्रिय भइरहँदा उद्धारमा खटिने एउटा पनि सरकारी संयन्त्र गठन हुन नसकेको तथा मानव बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर नभएको माइती नेपालको गुनासो छ ।

प्रकाशित मिति : मंगलबार, पुष १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij