JanataToday.com

Advertisment

SKIP THIS

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

file

काठमाण्डौ
अहिले देशभरिकै मौसम बदली भइ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पश्चिममा पानी पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले अब बिस्तारै काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा पनि पानी पर्नेछ ।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ । जुम्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । शुक्रबार बिहानैदेखि हिमपात भएपछि अत्यधिक चिसो बढेको छ ।
त्यस्तै डोटीमा पनि बिहीबार रातिदेखि हिमपात भइरहेको छ । हिमपातपछि चिसो बढ्दा यस क्षेत्रको जनजीवन प्रभावित भएकोे छ । त्यस्तै २५ वर्षपछि डोटीको सदरमुकाम सिमीकोटमा हिमपात भएको छ ।
आकाशमा बादल लागेपछि पानी नपरेको ठाउँको न्यूनतम तापक्रम बढेको छ भने अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
आज देशभरिकै मौसम बदली भए पनि पश्चिमी वायु शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनु भयो । उहाँका अनुसार आजको भन्दा भोलीमौसम केही खुले पनि पूर्णरुपमा खुल्न भने अझै केही दिन लाग्नेछ ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij