प्याब्सनको १७ औं साधारण सभा सम्पन्न

प्याब्सनको १७ औं साधारण सभा सम्पन्न

बुटवल ।
प्याब्सनको १७ औं साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले प्राविधिक र ब्यावसायिक शिक्षामा रहेको विभेद हटाउन अहिलेको सरकार लचक भएको उनले बताउनुभएको छ ।उहाले प्राविधिक शिक्षामा निजीको पहुँच नहुनु, जनप्रतिनिधिहरुले आफना बालबालिकाहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, ठूलो रकम पालिका र प्रदेशलाई तिर्नुपर्ने जस्ता नीति र प्रावधान आउनु गलत भएको स्पष्ट पार्नुभयो
नेपालको निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानका बारेमा सरकार पक्षलाई बुझाउने प्रयास भइरहेको बताउनुभएको छ। शिक्षा नीति परिवर्तन गर्न प्याब्सनले पहल गरिरहेको जानकारी दिनुभयो ।
सबै निजी विद्यालयको आर्थिक अवस्था एउटै नहुँदा सरकारी सेवासुविधा शिक्षकहरुलाई दिनुपर्ने, सरकारबाट कक्षा १० सम्म निशुल्क शिक्षाको कुरा कार्यान्वन गर्न नसक्ने भन्दै अब्यवहारिक नीति हटाउनुपर्ने उहाले बताउनुभयो । उहाले हल्ला गर्ने भन्दा पनि विद्यालय बचाउन आफूहरु संस्थागत र नीतिगत रुपमा लागि परेको बताउनुभयो ।
साधारण सभामा बोल्ने वक्ताहरुले शैक्षिक माफियाहरुले नेपाली शिक्षा बिगार्न खोजेको गुनासो गरेका थिए ।
देशको नीति बनाउने तहमा बसेका ब्यक्तिहरु विदेशीको पैसा खाएर नेपाली शिक्षा बिगान गर्न खोज्दा अहिलेको कठिन अवस्था आइपरेको उनीहरुले भनाइ थियो
केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले निजी विद्यालयहरुले शिक्षालाई प्रविधि, संस्कार र संस्कृति सिकाउने गरि अघि बढ्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij