काठमाडौं ।
गायिका अञ्जु पन्तले दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छिन् । अञ्जु पन्त फाउन्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने घोषणा गरेकी हुन् ।
उक्त समुदायले माछा मारेर र दैनिक ज्याला मनदुरी गरेर जिविको पार्जन गर्दै आएको छ ।
गायिका पन्तले आफूले गीत गाएर ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिँदै बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउन अग्रसर भएको बताइन् ।
पर्टेवा पुगेर उनले त्यहाँको दलित बस्ती पानीले डुबाउँदा आफू रातरातभर रोएको स्थानीयसँग बताएकी छन् । स्थानीयको दुःख देख्दा आफ्नो मन रोएको भन्दै आफूले सहयोग गर्ने आँट गरेको बताइन् ।
उनले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने भन्दै थप सहयोगका लागि अपिल समेत गरेकी छिन् ।
प्रकाशित मिति : शनिबार, पुष १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्