दिगो विकासकालागि महिला सशक्तिकरण अनिबार्य छ : सभामुख घर्ती

दिगो विकासकालागि महिला सशक्तिकरण अनिबार्य छ : सभामुख घर्ती

 

बुटवल, (जनता टुडे)

प्रदेश नंं. ५ का सभामुख पूर्ण बहादुर घर्तीले आर्थिक रुपमा महिला सशक्तिकरण नहुँदा सम्म देशको समृद्धि सम्भव नभएको बताउनु भएको छ । रेडियो मुक्ति र इन्टरनेशनल नेपाली जर्नालिष्ट नेटवर्कको संयुक्त आयोजननामा बुटवलमा भएको महिला शसक्तिकरणमा संचारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमबा बोल्दै सभामुख घर्तिले समाज राष्ट्रको विकासकालागि महिला पुरुष दुवैको समान बिकास जरुरी रहेको बताउनु भएको हो । आधा भन्दा धेरै जनसख्या ओगटेको महिला बर्गको विकास र शशक्तिकरण बिना सिंगो देशको विकास र समृद्धि सम्भवन नभएको भन्दै उहाँले महिलाहरुलाइ आर्थिक रुपमा पनि सवल र सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो । महिला शसक्तिकरणकालागि संचार जगतले महत्वपुर्ण भुमीका खेल्न सक्ने भन्दै उहाँले महिलाहरुलाइ आत्मनिर्भर बनाउन सिप,रोजगार तथा सम्पत्तिमा समान अधिकारका बिषयलाइ महत्वका साथ उठाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले विभिन्न चुनौतीका बाबुजुत पनि रेडियो मुक्तिले गरेका कामहरु सह्रानीय रहेको बताउँदै नेपाल सरकारले ल्याएको दिगो विकासलाई अगाडि बढाउन हरेक क्षेत्रमा महिला सहभागिता अनिर्बाय रहेको बताउनु भयो । कार्यक्रममा इन्टरनेशनल नेपाली जनालिष्ट नेटवर्कका अध्यक्ष टंक पन्त, रेडियोका कार्यबाहक अध्यक्ष खेम कुमारी पोखर्रेल दिपु, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहाकार सावित्रा आर्याल, बरिष्ठ पत्रकार गोपाल शर्मा, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल, सामुदायिक प्रसारक संघका केन्द्रिय सदस्य मिलन गाहा,रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारी लगायतले बोल्दै दिगो विकासको लक्ष्य प्राप्तीकालागि महिला सशक्तिकरण गर्दै हरेक क्षेत्रमा समान सहभागीताको नीति अवलम्बन गरेर अगाडी बढनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : आइतबार, पुष २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij