JanataToday.com

Advertisment

SKIP THIS

जाडो बढेसँगै बुटवलको आसपास क्षेत्रको बजारमा माछाको व्यापार बढयो

जाडो बढेसँगै बुटवलको आसपास क्षेत्रको बजारमा माछाको व्यापार बढयो

बुटवल ।
जाडो बढेसँगै बुटवलको आसपासको क्षेत्रको बजारमा माछाको व्यापार बढ्न थालेको छ । माछाका लागि प्रसिद्ध मानिएको छपियाकोको छेउको बुटवल बजारमा माछाको व्यापार अरु बेला भन्दा जाडो लागेसँगै दोब्बरले बढेको व्यवसायीहरुले बताएका छन् । ग्रामीण भेग देखि शहर हाट बजारसम्म माछा किन्न उपभोक्ताहरुको भिड लाग्ने गरेको छ ।गर्मीयाम भन्दा जाडोमा माछाको उत्पादन पनि बढी हुन्छ ।जाडो मौसम सुरु भएसँगै माछा खाने क्रम बढेको छ ।
जाडोको मौसममा स्थानीय खोला तथा नदिका माछाहरु सहजै पाइने भएकोले भारतबाट आयात गरिएका माछा भन्दा स्थानीय माछा खोज्नेहरु बढि आउने गरेको व्यवसायीहरुले बताएका छन।
जाडो मौसम सुरु भएसंगै अरु समयमा भन्द्धा दैनिक रुपमा ४० देखि ५० केजी सम्ममाछा खपत हुने व्यापारीहरु बताउँछन् ।६बर्ष देखि बुटवल बजार मा माछाको व्यापार गर्दै आउनु भएका चन्द्रर गुप्ता व्यापारी बताउनुहुन्छ । जाडो बढे संगै अहिले मासिक एक लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दै आएको छु।
जाडो बढे संगै माछाको व्यापार थालेका गुप्ता माछाको व्यापार बढ्दै गएको बताउँनुहुन्छ। अहिले उहाले दैनिक ४० किलोभन्दा बढी माछा बिक्री गर्नुहुन्छ।सो व्यापारबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च चलाउनुहुन्छ। उहाले भन्न’भयो “अहिले मासिक २२ हजारदेखि २५ हजारसम्म बचत हुन्छ ।

बुटवल बजारमा अहिले माछा प्रतिकिलो ३५० देखि ५५० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । पछिल्ला वर्षमा माछाको उत्पादन जिल्लामै बढिरहेकाले उपभोक्ताले ताजा माछा उपभोग गर्न पाइरहेका छन् । विगतमा भारतको बजारबाट माछा आयात गरिन्थ्यो ।अहिले स्थानीय पोखरी नदीको माछाको माग बढ्दै गएको छ ।
त्यस्तै बुटवल उपमाहानगरपलिका वडा नम्बर १२ मा रहेको दुर्गा नगर बजारमा मा माछा बेची रहेका रेविन्द्र चौधरीले बताउनुहुन्छ जाडो बढे संगै माछाको व्यापार बढेको छ पहिला दिनको जम्मा १५, २० केजी बिक्री भएको माछा अहिले दिनको ५० ६० केजी सम्म बिक्री भएको बताउनुहुन्छ उहा माछा भारत बाट ल्याएर बिक्री गर्नु हुन्छ । अरु आयस्रोतको माध्यम नभएका उहाले बताउनुहुन्छ अहिले ढुक्क छु । घर खर्च चलाएर पनि बचत पनि गरिरहेको छु ।


माछाका लागि प्रसिद्ध मानिएको छपियबाट माछा ल्याएर बुटवलमा बेच्नु हुने आर्का व्यापारी महोमम्द बताउनुहुन्छ माछा छपियाबाट लिएर आयो जाडोका छपियाको माछा पूराउन गाह्रो माग धेरै हुन्छ जाडोमा माछा धेरै खपत हुन्छ ।जाडो मौसममा माछा खानु स्वास्थ्यको लागि पनि राम्रो मानिने र स्थानीय स्तरमा उत्पादन भएका माछा लोकल माछा पाइने हुनाले बुटवलक्षेत्रमा माछा खान चहल पहल बढेको हो ।
त्यस्तै आर्का व्यापारी हुनुहुन्छ उहा भन्नुहुन्छ जाडो मौसममा केही महिना स्थानीय उत्पादनले धानेपनि पछि भारतबाट माछा आयात गर्नुपर्ने बाध्यता रहेको उहाको भनाइ छ । “यहाँ बाह्रैमास माछा उत्पादन हुँदैन, उहाले भन्नुभयो “गर्मीमा भारतबाट माछा आयात गरिन्छ ।कमाउने जग्गा छैन, सबै खर्च माछा बिक्रीबाट चलेको छ, । अन्यत्र गएर दःख गर्नुभन्दा आफ्नै व्यापार व्यवसाय गर्नु उचित भएको उहाको भनाइ छ ।


जिउँदो माछा किन्ने रहर धेरैलाई हुन्छ । त्यो रहरलाई किसानले पूरा गर्ने प्रयास गरेका छन् । गाउँमै जिउँदो माछा बिक्री केन्द्र राख्नेदेखि पसलसम्म जिउँदो माछा पुर्याइदिने व्यवस्था गरेका छन् । माछामा प्रोटिन पर्याप्त मात्रामा पाईने भएकोले जाडो महिना शुरु भए संगै माछाको बिक्री पनि बढेको हो।मधुमेह उच्चरक्तचाम भएका बिरामीहरुले पनि माछा खानुलाई स्वास्थ्यकर मानिन्छ

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij